मोदीको शपथग्रहणमा साक्षी बस्न प्रचण्ड भारत जाने

बुधबार, जेठ २३, २०८१

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो प्रधानमन्त्री कार्यकालको शपथग्रहणमा साक्षी बस्न प्रधानमन्त्री प्रचण्ड सहभागी हुने भएका छन् । मोदीले शनिवार सपथ लिदैछन।

भारतीय सत्ता निकट पत्रकार सुधीर चौधरीले नेपाली प्रधानमन्त्री प्रचण्ड, भुटानी राजा, श्रीलङ्काका रास्ट्रपती, बङ्गलादेशका तथा मौरिससका प्रधानमन्त्रीहरु पनि सपथ ग्रहण समारोहमा पुग्ने उल्लेख गरेका छन् ।

सन् २०१४ मा बीजेपीबाट एकल बहुमत आएको सरकार बनाएर सपथ गरेका मोदीले विदेशी सरकार तथा रास्ट्रप्रमुख बोलाएका थिए । त्यो बेला उनले सार्क देशलाई निम्तो दिएका थिए ।

 यो पटक शपथ ग्रहण समारोहमा भने मोदीले अफगानिस्तान तथा पाकिस्तानबाहेकका सार्क देशलाई मात्र बोलाएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  २३:३९
प्रतिक्रिया दिनुहोस्