सोसल मिडिया
युनिकोड
संघिय सरकार संग काठमान्डौ महानगरका मेयर बालेन्द्र साह बालेनको सम्बन्ध उति राम्रो छैन। कहिले देखिने गरि त कहिले नदेखिने गरि अनेक लफडा चलिनै रहेको छ। कहिले सिङ्गदरबारमा आगो लगाउने त कहिले मन्त्रीलाई धुलो उपहार पठाउने लगायतका विषय सामाजिक संजालमा लेखेर बालेनले संघिय सरकारलाई लपेटीरहेका हुन्छन।
अलि पहिले उनै बालेनले सिङ्गदरबार भित्रको फोहोर नउठाउने घोषणा गरे। त्यसले खासै प्रभाव परेन। त्यसपछि उनले सिङ्गदरबारलाई तह लगाउने र आफ्ना सामू दण्डवत गराउने गरिको चीज खोजे त्यो पनि सहजै प्राप्त भएन। केन्द्र सरकारलाई देख्नै नसक्ने बालेनले कुनै नेतालाई दनक दिन बाँकी राखेका छैनन्। पछिल्लो समय बालेन खुल्याउन सिंगो एमालेनै लागि परेको छ।
सिङ्गदरबारको फोहोर मात्र नभएर बालेनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष र प्रधानन्यायाधिश हुँदै मन्त्री निवासको फोहोर नउठाउने भनेर घोषणा गरे। तर, उनको त्यसमा खासै दम देखिएन। दम नदेखिनुको कारण ती स्थानको फोहोर महानगरले भन्दा पनि निजि कम्पनीले ब्यबस्थापन गर्दै आएको छ। जसलाई प्रत्यक्ष फरमान दिएर काबुमा राख्न मेयरलाई सहज भएन।
अहिले बालेनको भौतिक मन्त्री रघुबीर महासेठ संग वारपारको युद्द चलेको छ। जसको बाछिटा ओली सम्मै पुगेर ओली तिनै बालेनालाई बजाउन ज्यादा चम्किएका छन्। बालेन पनि आफ्नो पाईन देखाउन लागिरहेकै छन् र फेरी एक पटक सिङ्गदरबार सहित भिभिआईपी निवासको फोहोरको ब्यबस्थापन गर्ने परिवर्तन सेवा प्रालिले बन्चरे डांडामा लागेको फोहोरको गाडी रोक्न उर्दी जारी गरेका छन्।
बालेनको ठाडो निर्देशनमा परिवर्तन सेवाको फोहोर बहाक गाडी रोकिएपछि उक्त कम्पनीका प्रतिनिधिले आज विहिबार बिहानै सिङ्गदरबार पुगेर त्यहाँका क्यान्टिन संचालकलाई फोहोर छुट्याउन भनेका छन्। यो भए संगै बालेनले सिङ्गदरबार, मन्त्री निवास र ६ सम्मनानीयाको निवासलाई दुर्गन्धित पार्न जुटेका छन्।