प्रचण्डलाई भारत पठाउन निर्णय गर्ने मन्त्रिपरिषद्को बैठक जारी

बिहीबार, जेठ २४, २०८१

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । आजको बैठकपनि नियमित बैठक हो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण स्वीकृत गर्ने पनि बुझिएको छ ।

भारतमा यही शनिबार नयाँ सरकार बन्ने भएको छ । प्रधानमन्त्रीमा भाजपाबाट नरेन्द्र मोदी नियुक्त हुँदैछन् । उनको शपथग्रहण कार्यक्रममा प्रधानमन्त्री दाहाललाई पनि निम्तो आएको छ । आईतवार मोदीले सपथ लिने भएका छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्