वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको लक्ष्य

शनिबार, वैशाख १५, २०८१

आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपाललाई जितका लागि दुई सय पाँच रनको लक्ष्य दिएको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउदै दुई सय चार रनको योगफल बनायो । वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए । उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे । यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे । उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने । यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए ।  

बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । केहीबेर अघिसम्मको खेलमा नेपालले आठ ओभरमा दुई विकेट गुमाएर ६० रन बनाएको छ । अनिल साह पाँच तथा कुशल भुर्तेल १६ रन बनाएर पभेलियन फर्केका छन् । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्