मकवानपुरले पायो काविल सिडिओ, चिलुवालले यसरी सुनाए प्रष्ट खाका

बिहीबार, जेठ २४, २०८१

काविल र कानून कार्यान्वयन गराउने मामिलामा सिद्धहस्त प्रशासक तीर्थराज चिलुवालले मकवानपुरको प्रमुख जिल्ला अधिकारीको रूपमा कार्यभार सम्हालेका छन् ।

सीडीओ चिलुवालले शान्ति सुरक्षा प्रबन्धमा प्रशासन कार्यालय प्रतिबद्ध रहेको बताएका छन्  । उनले नागरिकलाई निर्धक्क रहेर जीविकोपार्जनमा अग्रसर हुने वातावरण निमार्णमा प्रशासन कार्यालयले कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।

सहज र स्तरीय सेवा प्रवाह प्रशासनको प्राथमिकतामा रहेको भन्दै उनले आफू सोही कुराको कार्यान्वयन गर्न दत्तचित्त भएर लाग्ने बताए ।

‘गुणस्तरीय सेवा र सुरक्षा प्रशासनको प्राथमिकतामा रहेको विषय हो । आम नागरिकले सुरक्षित महसुस हुने गरी आफ्नो दैनिक सञ्चालन गर्ने वातावरण निर्माणमा कुनै कञ्जूयाइ रहन्न । कानुन विपरीत हुने कामको विरुद्धमा प्रशासन सधैँ सक्रिय रहन्छ,’ उनले भने ।

जिल्लाका सम्पूर्ण सरकारी निकायबाट प्रवाह हुने सेवालाई चुस्त दुरुस्त तथा गुनासो रहित बनाउन प्रशासनले भूमिका खेल्ने उनले बताए । अख्तियार सहितका निकायमा रहेर काम गरिसकेका उनी वाणिज्य विभागको महानिर्देशक हुँदा चर्चाको शिखरमा थिए।

प्रकाशित मिति: बिहीबार, जेठ २४, २०८१  २२:५५
प्रतिक्रिया दिनुहोस्