प्रतिनिधिसभा सदस्य तथा चर्चित व्यवसायी भट्टचनलाई मातृशोक

शुक्रबार, जेठ २५, २०८१

प्रतिनिधिसभा सदस्य समेत रहेका प्रभु ग्रुपका संस्थापक तथा अध्यक्ष देवी प्रसाद भट्टचनलाई मातृशोक परेको छ । उनकी ममतामयी आमा यामकुमारी भट्टचनको गएराति १०ः४० बजे ८६ वर्षको उमेरमा काठमाडौंमा निधन भएको छ ।

याम कुमारीकी श्रीमान बाल नरसिंह भट्टचनको यसअघि नै निधन भइसकेको छ । याम कुमारीका दुई छोरा र दुई छोरी छन् । उनको पार्थिव शरिरलाई आज अपरान्ह २ बजेपछि पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारका सदस्यले जानकारी दिएका छन् ।

मृतक यामकुमारीको जन्म बिक्रम् सम्बत् १९९५ साल फागुन १२ गते भएकाे हाे । घर परिवार र दाजुभाईकाे निर्णयानुसार मृतककाे पार्थिव शरीरलाई आज १२:३० बजे थकाली समाज, काठमाडौंकाे प्राङ्गणमा शाेक सभाकाे कार्यक्रम गरी अन्तिम विदाई गर्ने र आजै दिउँसो ०२:०० बजे पशुपति आर्यघाटमा अन्त्येष्टी गर्ने कार्यक्रम छ ।

आजै दाहसंस्कार गरेकाे दिनबाट गणना गरी लामा विधिबाट आफ्नै निवास गाेदावरीमा साताैं दिन अर्थात् जेष्ठ ३१ गते किरियाशुद्धि गरी सम्पन्न गर्ने कार्यक्रम भएकाे भट्टचन परिवारले बताएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  ०९:३२
प्रतिक्रिया दिनुहोस्