सोसल मिडिया
युनिकोड
आज ६ वटा संसदीय समितिको बैठक बस्दैछ।
बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा गाँजा खेतीको औषधि प्रयोजनको लागि व्यवसायीक उत्पादन, प्रशोधन तथा बिक्री वितरण लगायत विषयलाई वैधानिकता दिन कानूनी वातावरण मिलाउने सम्बन्धमा छलफल हुँदैछ। यसका लागि गृह, अर्थ, कृषि तथा पशुपक्षी विकास, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री, सचिव र उद्योग, वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं विज्ञसँग छलफल हुनेछ।
त्यस्तै बिहान ११ बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन,२०८० माथि छलफल हुनेछ। बिहान साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्नेछ। बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०८० माथि प्रारम्भिक छलफल हुनेछ ।
बिहान साढे ११ बजे नै बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान साढे ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा सार्वजनिक जमिनको अभिलेखीकरण, प्रयोग तथा संरक्षण सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल हुनेछ।
दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ।