सोसल मिडिया
युनिकोड
पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतमा दायर गरेको रिटमा आज सुनुवाई हुँदैछ ।
रिट सर्वोच्चका न्यायाधीशद्धय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा पेशी तोकिएको छ । रिट सुनुवाईका लागि पेशी आठौं नम्बरमा परेको हुँदा आज सुनुवाई हुने प्रवल सम्भावना छ । यो भन्दा अघि २२ जेठमा श्रेष्ठसँगै कुमार रेग्मीको इजलासमा परेको थियो । तर, सो रिट ३१ औं नम्बरमा पेशी हुँदा हेर्न भ्याईएन् । फुयाल केपी ओली प्रधानमन्त्री छँदाका महान्यायाधिवक्ता पनि हुन्।
यसअघि सो रिटमा गत वैशाख २७ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले दल विभाजनपछि हालसम्म भएका काम कारबाहीहरु जहाँ जे जस्तो अवस्थामा छन् सोही अवस्थामा राखी गत ८ गते गते छलफका लागि उपस्थिति हुन दुवै पक्षलाई बोलाएको थियो ।
निर्वाचन आयोगले राई नेतृत्वमा गठन भएको जनता समाजवादी पार्टीलाई आधिकारिकता दिएकोप्रति असन्तुष्टि जनाउँदै यादव सर्वोच्च अदालत गएका हुन् ।
जसपा नेपालमा भएको विभाजनपछि उपेन्द्र यादवको पार्टीमा १२ मध्ये ५ मात्रै सांसद छन् । अशोक राईसँग ७ जना सांसद छन् । अहिले सरकार छाडेलगतै उनी अर्को पक्षको वैधता खारेजीका माग गर्दै अदालत गएका हुन् ।
उनले निर्वाचन आयोगलाई विपक्षी बनाएर सोमबार अदालतमा रिट दर्ता गराएका छन् । रिटमा यादवले आयोगको निर्णयलाई खारेज गर्न माग गरेका छन् ।
वैशाख २३ गते अशोक राईले जसपा विभाजन गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका थिए । सोही निवेदनको आधारमा आयोगले वैशाख २४ मा आधिकारिकताको प्रमाणपत्र दिएको थियो । त्यसपछि उपेन्द्र यादव सत्ता गठबन्धन तोडेर विपक्षी मोर्चामा लागेन छन्। उनले मधेश सरकार पनि सातव वर्ष पछि छोड्नु परेको छ। मधेशमा आजै जनमतका सतिश सिङ्ग मुख्यमन्त्रीको सपथ लिंदैछन्।