सोसल मिडिया
युनिकोड
जनता समाजवादी पार्टी, नेपाल फुटाएर बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा)लाई वैधता नदिन उपेन्द्र यादवले दायर गरेको मुद्दामा आज शुक्रबार दिनभर सुनुवाइ भएको छ। तर नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा भएको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो। अर्को सुनुवाइ जेठ २७ गते हुने गरी इजलासबाटै पेसी तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द्रपसाद घिमिरेले जानकारी दिए।
जसपा नेपालबाट अलग भएर बनेको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै यादव वैशाख ३१ गते रिट दायर गर्न पुगेका थिए। वैशाख २३ गते जसपा नेपालका ७ सांसदसहित अशोक राईको नेतृत्वमा जसपा नामको नयाँ दल गठन भएको थियो। २३ गते नै निवेदन पेस भएकामा आयोगले भोलिपल्ट दर्ता प्रमाणपत्र दिएको थियो।