पूर्वमन्त्री सँगको अच्छा सम्बन्धले पूर्व सचिवलाई योजना आयोग पुर्‍यायो, सरकारले दियो नियुक्ति

शुक्रबार, जेठ २५, २०८१

सरकारले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा डा रमेशप्रसाद सिंहलाई नियुक्त गर्ने निर्णय गरेको छ । चल्तापूर्जा सचिवका रूपमा चिनिएका सिंह यस अघि देखी नै राजनीतिक नियुक्ति खाने दाउ हेरेर बसेका थिए।  

अधिकार सम्पन्न वाग्मतीको अध्यक्ष पड्काईसकेका उनको नियुक्ति प्राविधिक कारणले मात्र रोकिएको थियो। शहरी विकास मन्त्रालयका पूर्व सचिव रमेशको सोही मन्त्रालयका पूर्व मन्त्री तथा हालका प्रतिनिधि सभा सदस्य मेटमणी चौधरी संग अच्छा सम्बन्ध छ। त्यहि सम्बन्धकै डोरोबाटोबाट रमेश योजना आयोग पुगेका हुन्। 

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय आज सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकले राष्ट्रिय परिचयपत्रबाट समेत सेवा लिन मिल्ने निर्णय गरिएको जानकारी दिईन। उनले भनिन, “तोकिएका सेवा उपलब्ध गराउँदा विभिन्न क्षेत्रका लागि राष्ट्रिय परिचयपत्रवाट समेत सेवा लिन सक्ने गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ बमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ ।”

बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिमेकी मित्रराष्ट्र भारतका नवनियुक्त प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागी हुन भारत भ्रमणको निर्णय स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका गरी ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा लगानी सहजीकरणसम्बन्धी नेपाल ऐनलाई केही संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसदमा पेश गर्न स्वीकृत दिने निर्णय भएको भएको छ ।

त्यस्तै, बैठकले हेँटौडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्ति दिने र औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रवन्धकमा पदम ओलीलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्र्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्रामक रोगहरुको रुपमा तोक्ने, जीवनाशक विषादी व्यवस्थापन नियमावली, २) ८१ स्कीकृत गर्ने र ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली,२०८१ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

सहरी विकास मन्त्रालयअन्तर्गत अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक तेजबहादुर राईलाई तोक्ने निर्णय बैठकले गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्