राष्ट्रिय भावका शब्द उन्ने उमेश, ठहरिए सबैभन्दा बेस

शुक्रबार, जेठ २५, २०८१

राष्ट्रियताले ओतप्रोत भएका शब्दको मिठासलाई बडो सुन्दर तरिकाले जोडजाड पारेर गीत लेख्न सिपालु उमेश लम्सालको जाँचकी भएको छ।  

उनले लेखेको राष्ट्रियता बोल्ने गीतले सर्वोत्कृष्ट गीतको हैसियत पाएपछि उमेश र उनको सृजनाको ओजन फेला परेको हो। 

"एक मुठी सास यो गए पनि जाओस्
म रहुँ या नरहुँ यो देश रहि रहोस् "

यी शब्द उनै लम्साललाई सर्वोत्कृष्ट गीतकारको पगरी गुथाउने कर्मका सुरुवाती माला हुन्। शब्द चयन, लयात्मकता र शाब्दिक गाम्भीर्यता उनको गीतमा पाईने न्यूनतम गहकिला जिनिस हुन्। राष्ट्रलाई सर्वोपरी ठानेर उनले धेरै रचना गरेका छन्।

एघारौँ म्यूजिक खबर, म्यूजिक अवार्डले सर्वोत्कृष्ट राष्ट्रिय भावको गीतको रुपमा गीतकार उमेश लम्साललाई जलप लगाईदिएको छ। अझ भनौ सो अवार्डले चौबिस क्यारेटकै सिद्वहस्त गीतकारको पहिचान गर्न सफल भएको छ। लम्साल नेपाल प्रहरीका कुशल र कर्तव्यनिष्ठ डिएसपी हुन्। 

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  २२:२२
प्रतिक्रिया दिनुहोस्