उद्घाटन गर्नु अघि सौराहाको सभाहल हेर्न चितवन पुगे शहरी मन्त्री बुढा

शनिबार, जेठ २६, २०८१

शहरी विकास मन्त्री धनबहादुर बुढा चितवनको चर्चित पर्यटकीय क्षेत्र सौराहा पुगेका छन् । बजेटको चटारो सकेर चितवन पुगेका मन्त्री बुढाले सौराहामा बनेको १ हज़ार सिट क्षमताको सौराहसभा हलको स्थलगत अनुगमन गरेका छन्।

२०७६ साल कात्तिक २२ गते रेलीगर कन्स्ट्रक्सन प्रालि ललितपुरसँग सम्झौता भई सभाहल निर्माणको काम सुरु गरिएको  थियो । तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि २०७९ साल वैशाख २१ गते म्याद थप गरेपछि अहिले निर्माण सम्पन्न भएको सघन शहरी तथा भवन निर्माण आयोजना चितवनको आयोजना प्रमुख झपट बहादुर थापाले बताए।

निर्माण सम्पन्न भएर असारमा समुद्धघाटन गर्ने योजना छ। सोही अनुरूप मन्त्री उक्त सभाहलको अनुगमनमा सौराहा पुगेको आयोजनाका इन्जिनियर द्रोण कटुवालले बताए।
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्