वरिष्ठ अधिवक्ताको घरमा अमरेशलाई साक्षी राखेर शेखरले सुनाए अनेक कुरा

शनिबार, जेठ २६, २०८१

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पछिल्ला दिनमा समाजका हरेक तह र तप्काका नागरिक सँग अन्तरक्रिया गर्ने थालेका छन् ।

सबैका कुरा सुन्न रुचाउने कोइराला आज बिहानै वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको घरमा पुगेका हुन्। 

नयाँ बानेश्वरमा रहेको बरिष्ठ अधिवक्ता अर्यालको घरमा स्थानीय बुद्धिजीवीहरुसँग अनौपचारिक छलफलमा गरेका कोइरालाले राजनीतिको जल्दोबल्दो विषयमा कुरा गरेका थिए।

कांग्रेस पुर्व केन्द्रीय सदस्य मनमोहन भट्टराई, स्वतन्त्र सांसद डा अमरेश सिंह लगायतलाई साक्षी राखेर कोइरालाले दर्जनौंका माझ गहन छलफल गरेको कोईरालाका स्वकीय सचिव दिनेश थपलियाले बताए।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १२:०५
प्रतिक्रिया दिनुहोस्