यी पाँच थानलाई पछि लगाएर प्रचण्ड मोदीको सपथमा साक्षी बस्न जाने

शनिबार, जेठ २६, २०८१

तेस्रो पटक भारतको प्रधानमन्त्रीमा नियुक्त भएका नरेन्द्र मोदीको सपथमा प्रधानमन्त्री प्रचण्ड भारत जाने भएका छन् । उनको शपथग्रहण समारोह भने भोलि (आइतबार) हुनेछ ।

मोदीको सपथ ग्रहणको साक्षी बस्न प्रधानमन्त्री दाहालको टोलीमा पाँच जना भारत जाने तय भएको छ ।

उनको टोलीमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी हुनेछन् । यस्तै, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल विष्णु प्रसाद गौतम टोलीमा समावेश छन् । प्रचण्डका वडिगार्ड सहित पाँचको टोली लिएर उनी दिल्ली उड्ने भएका हुन् ।

मोदीको सपथ सकिए लगत्तै टोली स्वदेश फर्किनेछ।आइतबार दिउँसो १ बजेर २५ मिनेटमा नेपाल एयरलाइन्सबाट प्रचण्ड दिल्ली उड्ने भएका छन् ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्