चक्र बुढाको अड्डाले क्यासिनो ताक्यो, बरामद गरेको करोडौं दाम कता राख्यो ?

शनिबार, जेठ २६, २०८१

काठमाडौंको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा रहेको क्यासिनो प्यालेसमा राजस्व अनुसन्धान विभागले छापा हानेको छ।

सहसचिव चक्रबहादुर बुढा महानिर्देशक भएर गएपछि विभागको तकाईमा क्यासिनो परेको हो। विभागले हिजो शुक्रवार छापा हानेर एक करोड पचास लाख नगदै बरामद गरेको हो।

विभाग सहित सशस्त्र प्रहरीको सुलसुले टोलीले क्यासिनोमा छापा हानेको हो। क्यासिनो दर्ता, नवीकरण लगायत कागजात फेला नपरेको र कर समेत छली गरेको तथ्य छापा हानेपछि खुलेको छ। 

विभागले क्यासिनोको केही कोठाहरू सिल गरेको छ। सो क्यासिनोबाट एक करोड पाँच लाख नेपाली रुपैयाँ र भारतीय रूपयाँ ४८ हजार सात सय पनि बरामद गरेको राजस्व श्रोतले बताएको  छ ।  सशस्त्र प्रहरी बल ब्युरोले उपलब्ध गराएको गोप्य सुचनाको सहयोगमा राजश्व अनुसन्धान विभाग र राजश्वको विषेश प्रहरीले  छापा मार्न उक्त क्यासिनो पुगेको हो।

 छापा मार्न पुगेको टोलीले क्यासिनोका क्यास म्यानेजर गौरब चोपडालाई फेला पार्न सकेन। टोलीकै सदस्यले सूचना चुहाएका कारण उनी भाग्न सफल भएको श्रोतको दाबी छ। 

राजश्वको छापा टोलीले डिजीटल सेफ एक थान, चारओटा अन्य सेफ , साधारण मोबाइल १० थान, ल्यापटप १ थान ,सिपियू एक थान र क्यासिनोको महत्त्वपूर्ण कागजात समेत बरामद गरेको छ।

विनय शाह अध्यक्ष रहेको उक्त क्यासिनोको लेखाका क्याबिन  सिल गरिएका छन्। शाह भने फरार छन् । राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सेफको चावी बेक्ने ब्यक्ति फरार भएपछि कति रकम बरामद भयो त्यसको एकिन गर्न नसकिएको विभागले बताएको छ। खोल्न बाँकी सेफमा करोडौं रुपैयाँ  भएको आशङ्का गरिएको छ।

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्