इलाममा अहिले सम्ममा ५२ प्रतिशत मतदान, आजै मतगणना 

शनिबार, वैशाख १५, २०८१

इलाम २ मा भएको उपनिर्वाचन अन्तर्गत मतदानमा साढे तीन बजेसम्म ५२ प्रतिशत मतदान भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। १ लाख १५ हजार ८८९ मतदातामध्ये ६० हजार मतदाताले मतदान गरेको कार्यालयले जनाएको छ।

मतदान सम्पन्न भएपश्चात मतगणनाका लागि मतगणनास्थल तयारी अवस्थामा राखिएको छ।

इलाम ७ मा रहेको गौतमबुद्ध सम्मेलन केन्द्र (सिटी हल) मतगणनाका लागि तयारी अवस्थामा राखिएको छ। मतगणनासथलमा तारको जाली लगाएर मतगणना भइरहेको स्थानमा कोही पनि पस्न नपाउने गरी व्यवस्था गरिएको छ।

साँझ ५ बजे मतदान सम्पन्न भएपश्चात मतपेटिका सोझै सिटी हलमा ल्याइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतपेटिका संलकन भइसकेपछि सर्वदलीय सहमतिपछि मतगणना गरिने कार्यालयले जनाएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्