प्रधानमन्त्रीको सपथ लिनुअघि गान्धी र बाजपेयीको समाधिस्थल पुगे मोदी

आइतबार, जेठ २७, २०८१

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार शपथग्रण गर्नुअघि राजघाटमा गएर महात्मा गान्धीको स्मरण गरेका छन् । उनी भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूपछि तेस्रोपटक प्रधानमन्त्री बन्ने दोस्रो नेता हुँदैछन् ।

आइतबार बिहान राजघाट गएर उनले महात्मा गान्धीको समाधिमा पुष्पाञ्जली अर्पण गरेका थिए । उनले महात्मा गान्धीसँगै पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको समाधिमा पनि पुष्पाञ्जली अर्पण गरेर श्रद्धाञ्जली दिएका थिए ।  

उनले राष्ट्रपति भवन परिसरमा आइतबार साँझ स्थानीय समय अनुसार ७ बजेर १५ मिनेट जाँदा प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्