बालुवाटार पुगेर ओलीले प्रधानमन्त्री प्रचण्डलाई के-के दिए मन्त्र ?

आइतबार, जेठ २७, २०८१

भारत भ्रमणमा निस्कनु अघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । बालकोट पुगेका छन् । 

प्रचण्ड र ओलीबिच भारत भ्रमण र मोदी सगको सम्बन्ध थप कसिलो पार्ने विषयमा कुरा भएको बुझिएको छ। प्रधानमन्त्रीले देश छोड्ने भएपछि प्रतिनिधिसभाको बैठक समेत सारिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबारै दिल्ली प्रस्थान गर्दै छन् । प्रधानमन्त्रीसँगै कानुनमन्त्री पदम गिरी र छोरी गंगा दाहाललगायत भारत जाँदै छन् । 

भारतमा रहँदा प्रचण्ड आइतबार बेलुका भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् । सोमबार उनी स्वदेश फर्किने कार्यक्रम छ । उच्चस्तरीय भेटबारे भने केही बताइएको छैन। 

मोदीले आजै साँझ पर्नु अघि प्रधानमन्त्रीको शपथ लिँदै छन् । 

यस अघि प्रकाशित समाचारमा अन्यथा भएकोले केही सम्पादन गरिएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्