जसको बहसले हिक्मत मुख्यमन्त्री भए उनैको इजलासमा केदारको रिट परेपछि रोकियो

आइतबार, जेठ २७, २०८१

कोसी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट आज आइतबार ‘हेर्न नमिल्ने’मा परेको छ । रिटमामाथि आजदेखि पूर्ण इजलासमा सुनुवाइ गर्न पेसी तोकिएको थियो । उक्त रिट कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेका हुन् ।

न्यायाधीशत्रय प्रकाशकुमार ढुंगाना, अब्दुल अजिज मुसलमान र सुनीलकुमार पोखरेलको इजलासमा रिटको सुनुवाइ हुने तय थियो । तर, न्यायाधीश पोखरेलले यसअघि कोसीका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध हालका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा कानुन व्यवसायीका रूपमा बहस गरेका थिए । उक्त मुद्दामा कार्कीको पक्षमा फैसला भएको थियो । कार्की परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका थिए ।

यसबीचमा पोखरेल सर्वोच्चको न्यायाधीश नियुक्त भए । कानुन व्यवसायी छँदा हिक्मतकुमारविरुद्ध बहस गरेका उनले न्यायाधीशका रूपमा सरकारबारेको सोही प्रकृतिको मुद्दा हेर्न नमिल्ने भएको सर्वोच्च प्रशासनले जनाएको छ । कार्कीले वैशाख २८ मा उक्त रिट दायर गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्