सोसल मिडिया
युनिकोड
आफ्नो पार्टी फुटाउने अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अदालतमा दायर गरेको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
सर्वोच्चका न्यायाधीशद्धय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा सुनवाइ भएको उक्त रिट पूर्ण इजलासमा पेश गर्न आदेश भएको हो । फुयाल एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए। उपेन्द्र आफ्नो पार्टी ओलीले फुटाएको आरोप लगाउँदै आएका छन् ।