मोदीको सपथ निम्तो मान्न पुगेका प्रचण्डलाई स्वागत गर्न मोदीले कसलाई खटाए ?

आइतबार, जेठ २७, २०८१

तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएर सपथ समेत लिईसकेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारत पुगेका प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा स्वागत गर्न को पुग्यो भन्ने चासो बढेको छ। 

भारतीयहरू स्वागत र विदाईलाई बडो कुटनीतिक ढंगले प्रयोग गर्छन। गणतन्त्र घोषणा अगाडी भारत भ्रमणमा गएका तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई स्वागत गर्न भारतका तत्कालिन प्रधानमन्त्री मनमोहन सिंह स्वयम् विमानस्थल पुगेका थिए। त्यसपछि उनै कोइरालाले त्यो तहको सम्मान पाएनन्।  नेपालका प्रधानमन्त्री भारत जाँदा उसले तह-तहका प्रतिनिधि पठाएर स्वागत गर्ने गर्छ। 

प्रचण्डलाई यो पटक उपल्लो तहबाट स्वागत भएन। त्यहाँको विदेश मन्त्रालयका अधिकारी OSD (ER & DPA) पी. कुमरनले विमानस्थलमा प्रचण्डलाई स्वागत गरेका थिए । उनी मन्त्रालयको दोश्रो तह सहसचिव स्तरका कर्मचारी भएको बुझिएको छ। प्रचण्ड आज एक रात दिल्लीमै विश्राम गरेर भोलिको शयनका निम्ति बालुवाटार नै आईसक्ने छन्। पाँच सदस्यीय भ्रमण दलसहित प्रचण्ड दिल्ली पुगेका हुन्।

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१  २१:२१
प्रतिक्रिया दिनुहोस्