सोसल मिडिया
युनिकोड
आजदेखि उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशन जनकपुरमा सुरु हुँदै छ । पार्टी विभाजनपछिको महाधिवेशनको उद्घाटन सत्रमा बीसौ हजारको भिड भेला पार्न उपेन्द्र आफै मैदानमा ओर्लिएका छन्।
पार्टी विभाजनको घाउलाई बसौं हजार भेला पारेर देखाउने जसपा नेपालको रणनीति छ। उद्घाटन सत्रमा उपेन्द्रले बोलाएका मध्ये नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ जनकपुरको गर्मी खान पुगिसकेका छन्।
बोलाए पनि प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने नजाने लगभग निश्चित छ। प्रचण्ड दिल्लीमा छन् भने ओली काभ्रेको धुलिखेलमा हुन लागेको कार्यक्रममा छन्। उन त उपेन्द्र आफ्नो महाधिवेशनमा ओली र प्रचण्डको अनुहार देख्न मन पराउदैनन्। आफ्नो पार्टी ओली र प्रचण्डले फुटाएकोमा उनी ढुक्क छन्। सिके राउतलाई भने निम्तो गरिएको छैन। उनी अमेरिका छन्।
जसपा अध्यक्ष यादवले गत वैशाख २३ गते भएको पार्टी विभाजनमा ओली र प्रचण्डको हात रहेको आरोप लगाइरहेका छन् । अशोक राईले सातजना संघीय सांसदसहित जसपा फुटाएपछि सरकाको तत्कालीन संकट पनि टरेको थियो ।
प्रचण्ड-ओली नगएपनि भारत, मलेसिया, अजरबैजान, स्पेन र इण्डानेसिया समेतबाट उपेन्द्रको निम्तो मान्न नेताहरू आएका छन।भारतका अतिथिहरू भने बिहारको दरभंगा हुँदै त्यहाँबाट सडक मार्गबाट जनकपुर भित्रिँदैछन् ।
जसपा नेपालको केन्द्रीय समितिको निर्वाचन जेठ ३० गते हुने छ । पार्टीको केन्द्रीय निर्वाचन तदर्थ समितिले राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिको निर्वाचन कार्यपालिका तयार गरिसकेको छ ।