मात्र बैंकको प्रतिष्ठा बढाउने एक सूत्रीय धुन, क्षमता चिनेरै एनआईसी एशियाले रोज्यो अर्जुन

शनिबार, वैशाख १५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ स्थापित बैंकको मानक बनाएर आक्रामक बन्दै आएको एनआईसी एशिया बैंकले आफ्ना उर्जावान् सदस्यको पहिचान गर्दै बढुवा गरेको छ। बैंक व्यबस्थापनले सहायक महाप्रबन्धकको जिम्मेवारीमा रहेका अर्जुनराज खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको छ। 

सन् २००४ देखि बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका खनियाले बैंकका विभिन्न शाखाहरु, विभागहरु एवम् इकोसिस्टमहरुमा काम गरी २० वर्ष भन्दा लामो अनुभव संगालेका छन्। सन् २००४ मा नेपाल बैंक लिमिटेडमा आन्तरीक लेखापरीक्षकको रुपमा नायब प्रबन्धकमा नियुक्त भएर वाणिज्य बैंकको यात्रा सुरु गरेका खनिया सन् २०१० मा तत्कालिन बैंक अफ एशिया नेपाल लिमिटेडमा शाखा प्रमुखको रुपमा नियुक्त भएका थिए।

तत्पश्चात यस बैंकका विभिन्न विभाग तथा इकोसिस्टमहरुमा प्रमुखको रुपमा नेत्तृत्वदायी भुमीकामा रही बैंकको व्यवसायिक रणनीति निर्माण एवम् कार्यान्वयनमा योगदान पुर्याएका खनिया हाल बैंकको रणनीतिक प्रदर्शन व्यवस्थापन इकोसिस्टमरअनुभव आश्वासन इकोसिस्टम प्रमुख, प्रमुख सूचना अधिकारी, प्रमुख गुनासो सुन्ने अधिकारीको जिम्मेवारी सम्हाल्दै आएका छन।

 बैंकको परिवर्तनकारी यात्रामा खनियाको भूमिका अतुलनिय छ। त्यसैको उच्च मूल्यांकन गर्दै खानियालाई बैंकको तालाचाबी किस्तीमै राखेर दिएको बैंकको व्यबस्थापन श्रोतको भनाई छ। 
 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १७:३१
प्रतिक्रिया दिनुहोस्