बाबुरामका माननीयले माओवादीलाई देखाईदिएपछि गण्डकीका मुख्यमन्त्री जोगिए

सोमबार, जेठ २८, २०८१

गण्डकी प्रदेशसभामा मुख्यमन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत लिने क्रममा नाराबाजी भएको छ । नाराबाजीका बाबजुद उनले विश्वासको मत पाएका छन् ।

माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित सांसद फणिन्द्र देवकोटाले फ्लोर क्रस गरेर मत दिएपछि उनीहरुले नाराबाजी गरेका हुन् । नाराबाजी गर्दै एमाले र माओवादीका सांसदहरु प्रदेश सभाबाट बाहिरिएका छन् ।

देवकोटाले मत दिएसँगै पाण्डे नेतृत्वको सरकार जोगिएको हो। अब देवकोटालाई मन्त्री बनाईने भएको छ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्