पूर्वमन्त्रीलाई बलात्कारको बात लगाउने युवतीलाई प्रहरी समात्यो

सोमबार, जेठ २८, २०८१

एमाले नेता महेश बस्नेत सग नाम जोडिएकि धादिङकी शोभा पाठकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई सोमबार ललितपुरको पुल्चोकबाट पक्राउ गरेको हो ।

सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिको चरित्रहत्या हुनेखालका अभिव्यक्ति दिएको उजुरीका आधारमा उनी पक्राउ परेकी हुन् ।

पूर्वमन्त्री महेश बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै पाठकले उजुरीसमेत दिएकी थिइन् । तर, जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनको उजुरीमा प्रमाण नपुग्ने जिकिर गरेको थियो । उजुरी तामेलीमा राखिएको छ । उनले चार जना सँग बिहे गरेको प्रमाण फेला परेको छ।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्