नेपालको जनसंख्या सुनाउन उपप्रधानमन्त्री यादव अमेरिका उडे, कहिले फर्किन्छन् ?

शनिबार, वैशाख १५, २०८१

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका प्रस्थान गरेका छन् ।

अप्रिल ३० देखि मे ३ तारिखसम्म युएन सेक्रेटरियट न्यूयोर्कमा हुने विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा सहभागी हुन  यादव आज बेलुकी अमेरिका प्रस्थान गरेको सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष यादव मे ७ तारिख स्वदेश फर्कने कार्यक्रम तय भएको छ । विश्व जनसङ्ख्यासम्बन्धी सम्मेलनमा नेपाल सरकारको प्रतिनिधिका रूपमा उनले नेपालको जनसंख्या विवरण सुनाउने छन्। 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्