सोसल मिडिया
युनिकोड
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तेश्रो कार्यकालको सपथ समारोहको साक्षी बसेर फर्किएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्री हेरफेर गर्न छलफल तिब्र पारेका छन्। स्वकीय सचिव समेत रहेकी छोरीलाई दाहिने राखेर मोदी सँग कुरा गरेका प्रचण्डले मोदी संगको मुलाकातपछि ज्यान चंगा बनाएका छन्।
हिजो स्वदेश फर्किएका प्रचण्डले मन्त्रिपरिषद् पूनर्गठन गर्न आजै देखि तयारी थालेका छन् । भारत जानुअघि नै उनले मन्त्रिपरिषद् पूनर्गठन गर्न चाहेका थिए । तर, भारत जाने चटारोले गर्दा हतारमा उनले मन्त्रिपरिषद् पूनर्गठन गरेनन्।
प्रचण्डले नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र जनता समाजवादी पार्टीलाई समेटेर मन्त्रिपरिषद् पूनर्गठन गर्न चाहेका छन् । नाउपाबाट अध्यक्ष रञ्जिता श्रेष्ठ नै मन्त्री बन्ने भएकी छिन् । उनले आफू नै सरकारमा सहभागी हुन लागेको जानकारी गराएकी छिन् । मन्त्रिपरिषद् पूनर्गठन गर्दा प्रधानमन्त्री दाहालले आफ्नो दल नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेका छन् । रंजिताले आफू सहित अर्को राज्यमन्त्री पनि मागेको बुझिएको छ। राज्यमन्त्री पाएको खण्डमा अरुण चौधरीलाई जिम्मा लगाउने रंजिताको दाउ छ।
अर्थमन्त्री वर्षमान पुनबाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाएर पार्टीबाट नयाँ सेट ल्याउने प्रधानमन्त्री दाहालको चाहना छ । यसपटक माओवादीबाट माधव सापकोटा, राजन दाहाल, महेन्द्र बहादुर शाहीले अवसर पाउने हल्ला चलाईएको छ।
मन्त्रिपरिषद् पूनर्गठनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका प्रधानमन्त्री दाहालले आज/भोलिभित्रै निर्णायक छलफल गर्ने भएका छन् । मन्त्रिपरिषद् पूनर्गठनमा ओलीको असहमति रहेको बुझिएको छ । तत्काल मन्त्रिपरिषद् हेरफेर गर्दा नराम्रो सन्देश जाने भन्दै ओलीले केही समय पर्खन भनेका छन् ।
तर, रन्जितालाई मन्त्री बनाउन ओलीले पनि सहमति दिएका छन्। माओवादीको भागको मन्त्रालय दिने भए बनाए हुन्छ भनेका ओलीले एमालेको भागका मन्त्रालय फेरबदल गर्न नहुने पक्षमा छन्। रन्जिताले सुरुमा भूमि सुधार मन्त्रालयमा आँखा लगाएपनि ओलीले नमानेपछि प्रचण्ड पर्यटन मन्त्रीलाई फिर्ता बोलाएर त्यो मन्त्रालय रंजितालाई दिने मनस्थितिमा पुगेका हुन्। रन्जिता पहिले भुमि मन्त्री नै थिईन।
सबै सांसदका आफन्त विरामी हुँदा प्रधानमन्त्री पुन सम्भव नहोला तर रंजिताकी बिरामी आमा भेट्न प्रचण्ड अस्पताल नै पुगेका थिए। प्रचण्डले आफूलाई विश्वासको मत दिएका प्रभु साह र अमरेश कुमार सिङ्गलाई पनि समेट्न चाहेका छन्।