सोसल मिडिया
युनिकोड
नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको विषयमा सदनलाई जानकारी गराउन सभामुखको रुलिङ माग गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले आजै सदनलाई भ्रमणको बारेमा जानकारी गराउन माग गरेका हुन्।
उनले भने, ‘भातरसँग सीमाको समस्या त्यतिकै छ, ईपीजीको प्रतिवेदन त्यतिकै छ, भारतसँग थाती रहेका समस्याहरू जस्ताको तस्तै छ । त्यसैबारे प्रधानमन्त्रीको भ्रमणको बिषयमा के कुराकानी भए सदनलाई जानकारी गराउन सभामुखबाट रुलिङ होस् ।’
उनले बाहिर मिडियामा बोलेपछि प्रधानमन्त्रीले पहिलो बोल्ने ठाउँ सदन भएको बताए। साथै उनले सरकारसँग भारतसँगको नेपालको परराष्ट्र नीति के हो भन्दै जवाफ माग गरेका छन्।
भारतले नेपालसँग विशेष सम्बन्ध भन्दै आएको र नेपाली जनताले अस्वीकार गरिरहेको अस्थामा भारतसँग नेपालको नीति के हो भन्ने बारेमा स्पष्ट हुन जरुरी रहेको बताए।
सांसद पन्तले सार्क अध्यक्षका हिसाबले सम्मेलन गराउन नेपालले अधिकार माग गर्नुपर्ने पनि बताएका छन्। भारत पाकिस्तान विवादका कारण सार्क लथालिंग हुनुका साथै सार्क विश्ववद्यालयसमेत लथालिंग हुने अवस्थामा पुगेका बेला भारतीय प्रधानमन्त्रीसँग के के कुरा भए ती विषयमा सदनमा आएर जानकारी दिन प्रधानमन्त्रीलाई माग गरेका छन्।