दिल्ली जानुअघि बालुवाटार पुगेर भेटेका ओली आज प्रचण्ड भेट्न दरबार पुगे

मंगलबार, जेठ २९, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, सिंहदरबारमा दिउँसो साढे १ बजेदेखि दुई नेताबीच कुराकानी भएको हो। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथमा सामेल हुन प्रचण्ड दिल्ली उड्नु अघि ओलीले बालुवाटार पुगेर प्रधानमन्त्री भेटेका थिए। हिजो दिल्लीबाट देश फर्किएका प्रचण्डलाई ओलीले सिंहदरबार पुगेर भेटेका हुन।

प्रधानमन्त्री दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी भएर हिजो साँझ स्वदेश फर्कनुभएको हो । उहाँ अस्ति दिउँसो नयाँ दिल्ली जानुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्