भरत ताल बनाउने मेयरले तीस करोड भ्याएपछि अख्तियारले हाल्यो अर्को मुद्दा

मंगलबार, जेठ २९, २०८१

सर्लाहीको भरतताल बनाउने बागमती नगरपालिकाका मेयर भरत कुमार थापाविरुद्ध अर्को मुद्दा दायर भएको छ । 

उनले साढे ३० करोड रुपैयाँ भन्दा बढी भ्रष्टाचार गरेको जिकिर गर्दै मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनी विरुद्ध यस अघि नै पनि मुद्दा दायर भएको छ भने थप अर्को मुद्दाको तयारी हुँदै गरेको अख्तियार श्रोतको भनाई छ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्