नक्कली लाईसेन्समा जोडिएका सहसचिवको अर्थमन्त्रीले खोसिदिए जिम्मेवारी

मंगलबार, जेठ २९, २०८१

अर्थमन्त्री वर्षमान पुनले कर्मचारी चलाएका छन् । उनले मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव नारायणप्रसाद सापकोटालाई दिएका छन्  । 

चैत १२ गते सापकोटा प्रधानमन्त्री कार्यालयबाट अर्थ मन्त्रालय भित्रिएका थिए। सापकोटाले साढे दुई महिना बरण्डामा बिताएपछि जिम्मेवारी पाएका हुन् । 

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुखको जिम्मेवारीमा  रहेका विवादित पृष्ठभूमिका डा. टोकराज पाण्डेलाई जगेडामा पुऱ्याइएको छ । यातायात व्यवस्था विभागको महानिर्देशक हुँदा पाण्डेकै मिलेमतोमा नक्कली लाईसेन्स बेचेको विषयमा अख्तियारले उनीमाथि छानबिन गरिरहेको छ।

राजस्व अनुसन्धान विभागको महानिर्देशकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका सहसचिव सापकोटाले एक वर्षपछि अर्थ मन्त्रालय पुगेर बल्ल जिम्मेवारी पाएका हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १८:२२
प्रतिक्रिया दिनुहोस्