मधेशका मुख्यमन्त्रीको निर्णयलाई भुत्ते पार्न अदालत गुहारियो

मंगलबार, जेठ २९, २०८१

मधेसका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहको पहिलो निर्णय खारेज गर्न अदालत गुहारिएको छ।

मधेश प्रदेश सभाका सांसदहरुलाई पैसा बाड्ने मधेश प्रदेश सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो ।

मुख्यमन्त्री सिंह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोडको योजना दिने निर्णय गरेको थियो ।

आज (मंगलबार) मनिषकुमार मण्डल, पारितोषकुमार साह र आबिद हुसैनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ रिट दायर गरेका हुन् । रिटको पेशी भोलिका लागि नै तोकिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १९:३१
प्रतिक्रिया दिनुहोस्