सामान्यले खोल्यो उपसचिव सरुवाको चाबी, जगेडामा हालिने र निकालिने नै हाबी

बुधबार, जेठ ३०, २०८१

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालसालै १७ उपसचिवलाई सरुवापत्र थमाएको छ।

 उपसचिव तारानाथ निरौलालाई भाषा आयोगमा सरुवा गरिएको छ।  सरुवा हुनु अघि उनी शिक्षा विकास तथा समन्वय इकाई, इलाममा कार्यरत थिए।

सामान्य प्रशासन मन्त्रालयको जगेडामा राखेर कामकाजका लागि  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश पठाइएको उपसचिव तारा ज्ञवालीलाई जगेडामै थन्क्याईएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतका उपसचिव टेक बहादुर अर्याललाई अर्थ मन्त्रालय लगिएको छ।

सामान्यकै उपसचिव वैकुण्ठ प्रसाद सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जान पत्र थमाईएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका उपसचिव राम कृष्ण श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाईएको छ।

सामान्य प्रशासन मन्त्रालयमा जगेडामा राखिएका उपसचिव चिरञ्जीवी नेपाललाई जगेडाबाट निकालेर मन्त्रालयमै कामकाजको जिम्मा दिईएको छ। सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह)की मन्दिरा पोखरेल काफ्लेलाई मुस्लिम आयोगको बाटो देखाईएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)की उपसचिव सुशीला पौडेल दाहाललाई छेउकै  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ठेलिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय वा अन्तर्गतका उपसचिव मनोज रेग्मीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतमा, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जगेडामा राखिएका उपसचिव पुष्कर भट्टराईलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)का उपसचिव लिलाधर अवस्थीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय वा अन्तर्गतमा पठाईएको छ।

यता,रक्षा मन्त्रालयकी उपसचिव कविता निरौला ढुंगेललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाईएको छ भने युवा तथा खेलकुद मन्त्रालय वा अन्तर्गतका उपसचिव दिपक ढकाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गतका उपसचिव धर्मेन्द्र कुमार झालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) मा दरवन्दी रही कामकाजमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा अन्तर्गत पठाईका उपसचिव राजु खनाललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय(अतिरिक्त समूह) मै फिर्ता बोलाईएको छ।

जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल केमिष्ट शंकर प्रसाद पौडेललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वा अन्तर्गतका सिनियर डिभिजनल केमिष्टलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मा सरुवा गरिएको छ। यो बाहेक अरू तीन दर्जन उपसचिव सरुवाको सूची सचिवको टेबुलमा काँट्छाट हुँदै गरेको मन्त्रालय श्रोतले बताएको छ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्