सोसल मिडिया
युनिकोड
जनता समाजवादी पार्टी (जसपा) नेपालको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ। सोमबारदेखि जनकपुरमा जारी एकता महाअधिवेशनको तेस्रो दिन आज बिहानदेखि नेतृत्व नयनका लागि निर्वाचन प्रक्रिया शुरु भएको छ । एकता महाधिवेशनमा अध्यक्षमा उपेन्द्र यादव दोहोरिने निश्चित भएको छ ।
पार्टी स्रोतका अनुसार यादव पुनः अध्यक्षमा दोहोरिन सबैले साथ दिएका छन् । यादव आफैँ नै अध्यक्षका लागि पार्टी नेताहरूले साथ दिएको बताउँछन् । महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय कमिटी र २० सदस्यीय पदाधिकारी निर्वाचित हुने छन्।
अध्यक्ष– १, सहअध्यक्ष– १, उपाध्यक्ष– ५, महासचिव– २, उपमहासचिव– ३, सचिव– ७ र कोषाध्यक्ष– १ जना चयन हुने छन् । जसपा नेपालको महासचिव पदमा नेकपा माओवादी केन्द्र छाडेर जसपा नेपालमा प्रवेश गरेका पूर्व सांसद रामकुमार शर्माले उम्मेदवारी दिएका छन् ।
यस्तै, सह–अध्यक्षमा राजकिशोर यादव र लालबाबु राउत दाबेदार रहेका छन् । गत वैशाख २३ गते अशोक राईले पार्टी फुटाएपछि उपेन्द्र यादव ५ सांसदसहित प्रतिनिधि सभामा छन् । नतिजा आजै सार्वजनिक हुनेछ।