बालेनको ठाडो आदेशमा सिंहदरबारको क्यान्टिनमा खानतलासी, दुईको उद्वार

बुधबार, जेठ ३०, २०८१

काठमाडौ महानगरपालिकाको टोलीले सिंहदरबार स्थित केन्द्रीय सर्भिस सेन्टरमा रहेको कन्चन चमेना गृहमा छापा मारेको छ।

उमेर नपुगेकालाई काममा लगाएको ठाडो उजुरीपछि महानगरका मेयर बालेन साहको आदेशको आदेशमा क्यान्टिनमा छड्के हानिएको हो।

१८ वर्ष भन्दा कम उमेरका युवायुवतीलाई काममा दलाएको उजुरी परेको महानगर श्रोताले बताएको छ। अहिले महानगरको टोलीले त्यहाँका कर्मचारीको हाजिरी, नियुक्ति र नागरिकताको प्रमाणपत्रको चेकजाँच गरिरहेको छ।

महानगरको टोलीले क्यान्टिनमा कार्यरत दुईजना १८ वर्ष मुनीका भएकाले उनीहरूलाई साथैमा लिएर गएको छ। उनीहरूलाई बाबू आमा बोलाएर जिम्मा लगाउने महानगरले बताएको छ।

सोही क्यान्टिनका संचालकद्वारा काठमाडौ महानगरको मुख्यालय कमलादीमा संचालित चमेनागृहले गुणस्तरहिन सामग्री बेचेको भन्दै जरिवाना तिराएको थियो।

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  १६:५४
प्रतिक्रिया दिनुहोस्