सोसल मिडिया
युनिकोड
बाल श्रमविरुद्धको अन्तर्राष्ट्रिय दिवसकै दिन सिंहदरबारका चमेना गृहबाट चार बाल श्रमिकको उद्वार गरिएको छ। देशकै प्रशासकीय केन्द्र सिंहदरबारमै हो कानुनविपरीत बाल श्रमिकको उपयोग भइरहेको पाइएको हो।
काठमाडौँ महानगरपालिकाको अनुगमन टोलीले विभिन्न क्यान्टिनमा काममा लगाइएका ४ बाल श्रमिकको उद्धार गरेको छ।
केही दिनअघि एक सांसदको घरबाट श्रम शोषणमा परेकी एक बालिकाको उद्धार गरेको थियो। ती बालिकाले आफूलाई विभिन्न प्रकारका यातना पनि दिएको बताएकी छन्।
बाल श्रमिकको प्रयोग भइरहेको सूचनाका आधारमा महानगरले निर्माण क्षेत्रमा पनि अनुगमन बढाएको छ। सिंहदरबारको केन्द्रिय सर्भिस सेन्टरबाट दुई, श्रम मन्त्रालयबाट एक र थप अर्को एक बाल श्रमिकको महानगरले उद्वार गरेको हो। उनीहरूलाई परिवारको जिम्मा लगाईने छ।