प्रचण्ड र ओलीको तारन्तारको भेटले कता हान्यो झड्का ? किन डाके महान्यायाधिवक्ता ?

बुधबार, जेठ ३०, २०८१

माओवाद केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको तारन्तार भेट हुन थालेको छ।

प्रधानमन्त्री  ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीले दुई घण्टा कुरा गरेपछि  महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि भेटघाटमा मिसाएका छन् । 

आज (बुधबार) एमाले अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीच सिंहदरबारमा डेढ घण्टाभन्दा लामो छलफल भएको थियो । सोही क्रममा महान्यायाधिवक्ता पोखरेल पनि बैठकमा मिसिएका हुन् ।

प्रचण्ड–ओलीबीच मन्त्रिपरिषद् पूनर्गठनबारे छलफल भएको बताइएको छ । तर, महान्यायाधिवक्ता प्रचण्ड–ओलीको बैठकमा किन मिसिए भन्ने कुरा गोप्य नै राखिएको छ।

 प्रचण्ड र ओलीको तारन्तारको भेटले केही न केही पाकिरहेको लख काट्न थालिएको छ। गृहमन्त्री रवि लामिछानेको मुद्दा र उपेन्द्र यादवको पार्टी विभाजनको आधिकारिकताको विषयले अदालतले गर्ने सम्भावित फैसलाको भयले ओली प्रचण्डलाई  सताएको श्रोतको दाबी छ।

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  २१:५७
प्रतिक्रिया दिनुहोस्