ढकाललाई विस्थापित गर्दै सडक विभागमा पोखरेल आए, अजयले रेलवे पाए

बुधबार, जेठ ३०, २०८१

उपप्रधानमन्त्री समेत रहेका भौतिक मन्त्री रघुवीर महासेठले मन्त्रालय मातहतको कार्यालयका महानिर्देशक छानेका छन् ।  सडक विभागको महानिर्देशक फेरबदल गरेका छन् भने रिक्त रहेको रेलवे विभागमा महानिर्देशकको पूर्ति गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले सडक  विभागका सहसचिव रामहरि पोखरेललाई महानिर्देशकको जिम्मेवारी दिएका छन् । यसअघि महानिर्देशक रहेका सुशील बाबु ढकाललाई मन्त्रालय तानिएको छ।

काठमाडौ महानगरका मेयर बालेन साहले सडक विभाग अगाडि फोहोर फ्याँकेर मन्त्रीलाई धूलो पठाएको प्रकरणपछि मन्त्री महासेठ ढकाल सँग असन्तुष्ट थिए। 

मन्त्रालय तानिएका ढकाललाई  योजना महाशाखा जिम्मा लगाईएको छ।

उता,  रेलवे विभागको महानिर्देशक हुँदा हुँदै उमेर हदले घर गएका रोहित बिसुरालको ठाउँमा मन्त्रीले अजय मूललाई महानिर्देशक तोकेका छन् । बिसुरालले गत जेठ ३ अवकाश पाएका थिए। सडक विभागको महानिर्देशकमा नियुक्त पोखरेलले भोलि बिहिवार पदबहाली गर्ने भएका छन् ।
 

प्रकाशित मिति: बुधबार, जेठ ३०, २०८१  २२:४८
प्रतिक्रिया दिनुहोस्