सोसल मिडिया
युनिकोड
कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले कोसी प्रदेश सरकारविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाई हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशत्रय कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको पूर्ण इजलासले कोशीको काण्डको सुनुवाई गर्ने भएको हो।
एमाले सहितका दलको संकल्प प्रस्तावको निर्देशनअनुसार मुख्यमन्त्री केदार कार्कीले राजीनामा नदिएपछि एमाले, माओवादी सहितका दलले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री सिफारिस गरेको थियो। सिफारिशमा परेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले हिक्मतकुमारलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।
हिक्क्मत मुख्यमन्त्री नियुक्त भएपछी केदारले रिट दायर गरेका हुन्। कार्कीले संकल्प प्रस्ताव देखाएर सरकार परिवर्तन गर्नु संवैधानिक मान्यता विरुद्द भएको केदारले जिकिर गरेका छन् । अंकगणितका हिसाबमा हिक्मत बलियो देखिएपनि केदार कार्कीलाई संविधानअनुसार पदमुक्त हुने प्रक्रिया बिनै बिदा गरिएको विषयमा अदालतले व्याख्या गर्नु पर्ने भएको छ।
अंकगणित ठुलो कि संवैधानिक प्रक्रिया ठुलो अदालतले कानुनको व्याख्या गरेर कुन ठुलो हो त्यसको फैसला सुनाउने छ। संवैधानिक प्रक्रिया ठुलो भए केदार मुख्यमन्त्री बन्नेछन् यदी अंकगणित ठुलो भएको ठहर गरिए हिक्मताको मुख्यमन्त्री कायमै रहन्छ।