सोसल मिडिया
युनिकोड
संघीय संसद्का कर्मचारीहरूले आन्दोलन थालेका छन् । अतिरिक्त कामको भत्ता नपाएपछि संसद्का कर्मचारी बाध्य भएर आन्दोलनमा उत्रिएका हुन् ।
संघीय संसद् कर्मचारी युनियनको अगुवाइमा यही जेठ २९ गतेदेखि ध्यानाकर्षण गराएर आन्दोलन थालेका कर्मचारीले बिहीबारदेखि भने कालोपट्टी बाँधेरै काम गर्न थालेका छन् ।
उनीहरूले जेठ महिनाको अन्तिम दिनसम्म कालोपट्टी बाँधेर काम गर्ने र माग सम्बोधन नभए असार २ गते नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्ने कार्यसूची बनाएका छन् ।
कोरोनापछि कुनै पनि सेवा सुविधा नलिई काम गरिरहेका उनीहरूले बिहान ८ बजे देखि बस्ने समितिका बैठकमा पुग्नु परेको छ। त्यति मात्र होइन साँझ ८ बजेसम्म सदनका बैठक चल्छन् । त्यसमा पनि कुनै सेवा सुविधा पाएका नपाएरै काम गरिरहेका छन् । बैठकको समयमा खट्नु परेको छ तर तलब बाहेक सुको सुबिधा छैन।
संसद् जस्तो ब्यस्त अड्डाका कर्मचारी बिना सुबिधा खाममा खटिनुपरेपछी र माग राख्दा सम्बोधन नभएपछि आन्दोलनमा उत्र्नु परेको संसदका कर्मचारीले बताएका छन् ।
यस अघि प्रकाशित समाचारमा अन्यथा भएकाले सच्च्याईएको छ।-सम्पादक