सोसल मिडिया
युनिकोड
उखरमाउलो गर्मीले सिङ्गो देशै तातेको छ। तराईका जिल्लामा त झन् गर्मी कति छ भनिसाध्ये छैन । देशका अत्याधिक गर्मी हुने स्थानको अग्रपंक्तिमै आउने जनकपुरमा त झन् तातोहावा चलेर बसिसाध्ये छैन। हो, त्यही तातोहावा खान शुक्रबार सबेरै काङ्ग्रेस नेता डा. शेखर कोइराला अन्त नगएर त्यही जनपुरै जाँदैछन् ।
गर्मीको भावरको भुङ्रोमा कोइराला आफ्नो ब्यक्तिगत कामले भने जाँदै छैनन् । पार्टीका नेता कार्यकर्ता र आमजनताको अवस्था र परिस्थिति बुझ्न उनी तराईको गर्मीको केन्द्र जनपुर पुग्ने भएका छ।
सरल, सहज र जनताका गुनासो सुनेर ठाउँको ठाउँ सम्बोधनका लागि तत्-तत् निकायमा फोन घुमाउने स्वभावले कोइराला सबैको रोजाईमा परिआएका छन् ।
काठमाडौमै गर्मीको पारो ह्वात्तै बढेको अनुभूति गरेका कोइरालाले जनकपुरको गर्मीले आक्रान्त भएकाको पीडा महसुस गरे। र, केही कार्यक्रममा सहभागी हुने मेसो सहित त्यहाँको जनताको कुरा सुन्ने गरि उनी जनकपुर झर्ने निधोमा पुगेका हुन ।
मधेशका जनताले गर्मीको समयमा पनि पानी नपाएको गुनासो बढेकै बेला कोइरालाको जनकपुरधाम गमनले विशेष अर्थ राखेको जानकारहरूले बताएका छन् । कोइरालाले भोलि दिउँसो बाटै अगुवा कार्यकर्तासँग भेटघाट गर्ने चाँजोपाँजो मिलाएका छन् ।
भोली नै मधेस प्रदेशसभा सदस्यहरूसँग छलफल गर्ने कार्यक्रम पनि तय भएको छ। प्रदेश माननीय मार्फत जनताका जल्दा बल्दा समस्या सुन्ने र समाधानका लागि प्रदेश सांसदलाई आग्रह गर्ने भएका छन् ।
असार १ गते शनिवार बिहान संविधान कार्यान्वयनको सन्दर्भमा स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासन सम्बन्धी अन्तरक्रिया गर्नेछन् । यो अन्तरक्रियाबाट स्थानीय सरकारले उपयोग गर्न नपाएको अधिकारबारे स्थानीय जनप्रतिनिधिलाई जानकारी गराउनेछन् ।
संघ सरकारले स्थानीय सरकारमाथि हस्तक्षेप गरेको आरोप लागिरहेका बेला डा.कोइरालाको यो अन्तरक्रियाले सङ्घीयता कार्यान्वयनमा सहजता प्रदान गर्ने विश्वास गरिएको छ ।
शनिवार दिउँसो महिला सशक्तीकरण तथा नेतृत्व विकाश प्रशिक्षणको समापन कार्यक्रममा कोइराला सहभागी भए राजधानी फर्कने कार्यक्रम तय भएको छ।