सोसल मिडिया
युनिकोड
ताप्लेजुङको फक्ताङलुङमा पहिरोमा पुरिएर एकै घरका चार जनाको मृत्यु भएको छ।
पहिरोमा पुरिएर अन्य दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
अविरल वर्षासँगै फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गएराति करिब १ बजे पहिरो गएको हो।
पहिरोले घर पुरिँदा घरमुली ७० वर्षीय रामबहादुर चाम्रा लिम्बू, उनकी श्रीमती ४८ वर्षीया जसमाया, उनीहरुका जुम्लिया छोरीहरु नौ वर्षीया गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलले जानकारी दिए।