सोसल मिडिया
युनिकोड
६५ वर्षे उमेर हदका कारण आजै अवकाश हुन लागेका सर्वोच्चका वरिष्ठतम् न्यायाधीश आनन्दमोहन भट्टराईले जाँदाजादै न्यायाधीश नियुक्तिमा जोडबल गरेका छन् । सर्वोच्च अदालतको न्यायाधीश नियुक्तीमा न्यायपरिषद्का सदस्यहरुको आ आफ्नै उम्मदेवार हुँदा बैठक प्रभावित भएको छ। सर्वोच्च अदालतका रिक्त ४ न्यायाधीश नियुक्ती सिफारिसको लागि विहिबार बसेको बैठकमा परिषद् सदस्यहरुले आ–आफ्नो गोजिवाट नाम निकाल्दा विवाद भएको हो।
निर्णय गर्न नसकेपछि उठेको बैठक आज दिउँसो १ बजेको लागि फेरि बोलाइएको छ। दुई बजे आनन्दमोहन भट्टराईको बिदाई कार्यक्रम राखिएको छ। न्यायपरिषदका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश रमेश प्रसाद राजभण्डारीलाई सर्वोच्च ल्याउन प्रस्ताव गरेका थिए। पूर्व प्रधानन्यायधीश कल्याण श्रेष्ठको नातेदार पर्ने राजभण्डारीलाई सर्वोच्च ल्याउन श्रेष्ठले जोडबल गरेका हुन्।
यस्तै परिषद् सदस्य एवं कानुनमन्त्री पदम गिरीले विषेश अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवरलाई सर्वोच्च ल्याउनुपर्ने प्रस्ताव वैठकमा गरेका थिए। गिरी र कुँवरको गृहजिल्ला पर्वत भएकाले उनले सर्वोच्च लैजान खोजेका हुन्। मन्त्री गिरीले कुँवरको नाममा सहमति नभए उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौलाई ल्याउनुपर्ने वैकल्पिक प्रस्ताव गरेका छन्। निरौला कानुनवृत्तमा एमाले निकट मानिन्छन्।
भट्टराईले जनकपुर उच्च अदालतका मुख्य न्यायाधीश श्रीकान्त पौडेलललाई सर्वोच्च ल्याउन प्रस्ताव गरेका छन। पौडेलला लागि गल लगाएका भट्टराई आफै भने घर हिडेका छन्।
यस्तै वकिल तर्फबाट महान्यायधिवक्ता डा दिनमणी पोखरेललाई सर्वोच्चको न्यायाधीश सिफारिस गर्ने बिषयमा पनि बैठकमा विहिबार छलफल भएको थियो। उनि वरिष्ठ अधिवक्ता नभएको कारण ल्याउन नहुने भनिएको थियो। उनलाई सर्वोच्च लैजान प्रधानमन्त्री दाहालले चर्को दवाव दिएको स्रोतको दाबी छ।