मेयरको कार्यकक्षमा ढुङ्गामुढा, महिला मजदुरको मृत्युपछि आक्रोशित

शुक्रबार, जेठ ३२, २०८१

पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका मेयर विष्णु भुसालको कार्यकक्षमा ढुङ्गा प्रहार भएको छ।

तीनजना मजदुर महिलाको मृत्यु प्रकरणमा आक्रोशित भिडले मेयरको कार्यकक्षमा ढुङ्गामुढा गरेको हो।

नाला निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएर तीन महिलाको बिहीवार ज्यान गएको थियो । मृतकका आफन्तले ढुङ्गा हानेको नगरपालिकाले बताएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्