असार ३ गते देशैभर सार्वजनिक बिदा, गृह मन्त्रालयले निकाल्यो सूचना

शुक्रबार, जेठ ३२, २०८१

सरकारले आगामी असार ३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बक्र ईद (उल-अजहा) का अवसरमा सरकारले असार तीन गते सोमबार सार्वजनिक बिदा दिने भएको हो ।

२०८० माघ २९ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

सरकारले २०८० माघ २९ गते राजपत्रमा बक्र ईदमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित गरेको थियो।

सार्वजनिक_बिदा-1572x2048-1-768x1001-1718364169.jpg
 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्