माओवादी केन्द्रले भाटा हानेपछि बाबुरामका फणीन्द्रको पदै चट्

शुक्रबार, जेठ ३२, २०८१

दलको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका नेकपा माओवादी केन्द्रको चुनाव चिन्हबाट निर्वाचित गण्डकी प्रदेश सभाका सांसद फणीन्द्र देवकोटाले सांसद पद गुमाएका छन् ।

गत २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिँदा उनले दलको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेका थिए । सोही दिन माओवादीले उनलाई २४ घण्टे प्रष्टीकरण सोधेको थियो । उनले प्रष्टीकरणसमेत दिएका छैनन् ।

उनलाई उनी निर्वाचित भएको दल माओवादी केन्द्रले कारबाही गरेको हो । सो सम्बन्धी पत्र सभामुख कृष्ण धितालले आज बसेको गण्डकी प्रदेश सभाको बैठकमा वाचन गरेर सुनाएका छन् । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईको निर्देशनमा देवकोटाले पाण्डेलाई मत दिएका थिए। 

प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्