ईलाममा मतगणनाको तरखर

आइतबार, वैशाख १६, २०८१

शनिबार मतदान सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम- २ मा अहिले केहीबेर पछि बाट मतगणना सुरु हुँदैछ । अहिले सर्वदलीय बैठक बस्दै छ ।

सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ढिलोमा आठ बजेदेखि गणना सुरु हुने छ।

एमाले सांसद सुवासकुमार नेम्वाङको निधनपछि रिक्त रहेको निर्वाचन क्षेत्रका लागि शनिबार मतदान भएको हो।

सबै निर्वाचन क्षेत्रबाट मतपेटिका संकलन गरी सदरमुकाम इलाम बजार हिजै राति पुगिसकेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्