आइसीसी टी–२० विश्वकपमा नेपाल साउथ अफ्रिकासँग पराजित

शनिबार, असार १, २०८१

आइसीसी टी–२० विश्वकपमा नेपाल साउथ अफ्रिकासँग  पराजित 

आइसीसी टी–२० विश्वकपमा नेपाल साउथ अफ्रिकासँग पराजित भएको छ।  

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा भएको खेलमा दक्षिण अफ्रिका १ रनले पराजित भएको हो। 

११६ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको नेपाल फिनिसिङमा चुक्दा १ रनले पराजित भयो। नेपालका लागि ओपनर कुशल भुर्तेलले १३ रन बनाए। यस्तै अनिल साहले २७ रनको योगदान गरे। अरिफ शेखले ४२ रनको योगदान गरे। यस्तै दीपेन्द्रसिंह ऐरी ६ रन बनाएर आउट भए। 

दक्षिण अफ्रिकाका तब्रिज साम्सीले ४ विकेट लिए। 

त्यस अघि टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११६ रन बनायो।  दक्षिण अफ्रिकाका रीजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए। ट्रिस्टन स्टब्सले २७ तथा मार्करमले १५ रन बनाए।

नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए

यस समूहबाट दक्षिण अफिका सुपर ८ मा प्रवेश गरिसकेको छ। श्रीलंका समूह चरणबाटै बाहिरिँदा नेपालको पनि सम्भावना सकियो। 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  ०८:५३
प्रतिक्रिया दिनुहोस्