पाथीभरामा जेठ महिनामा १६ लाख ५० हजार तिर्थालुले चढाए भेटी

शनिबार, असार १, २०८१

ताप्लेजुङको पाथीभरा (मुकुमलुङ)मा जेठ महिनामा १६ लाख ५० हजार रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ । पाथीभरामा पूजापाठ गर्न पुगेका भक्तजनले चढाएको भेटीका रूपमा उक्त रकमबराबरको नगद संकलन गरिएको हो ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार, जेठमा १६ लाख ६५ हजार ९५६ रुपैयाँ संकलन भएको छ । संकलित भेटी बैंकमा जम्मा गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

समितिले मन्दिरको आय हरेक महिना सार्वजनिक गर्दै आएको छ । चालु आर्थिक वर्षको जेठसम्ममा दुई लाख २८ हजार ८९६ जनाले पाथीभरा मन्दिरमा पूजा गरेका समितिले जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असार १, २०८१  १६:३४
प्रतिक्रिया दिनुहोस्