सोसल मिडिया
युनिकोड
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सय दिनको उपलब्धी सार्वजनिक गरेका छन् । कार्यभार सम्हालेको एक सय दिन पुगेको अवसरमा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विभिन्न उपलब्धीहरु सार्वजनिक गरेका हुन् ।
मन्त्री अर्यालले आफूले कार्यभार सम्हालेदेखि भ्रष्टाचार शून्यमा झारेको दाबी गरे । उनले के–के मा हुने भ्रष्टाचार रोकियो भन्ने कुरा केही समयपछि प्रमाणसहति सार्वजनिक गर्ने पनि बताए । भ्रष्टाचार शून्यमा झार्नु आफूलाई ठूलै काम गरेकोजस्तो लागिरहेको उनले सुनाए ।
‘डाटामा देखायो भने मज्जा आउँछ मलाई आजकाल । यति ठूलो भ्रष्टाचार रोकेको छु नि, यति ठूलो, तपाईलाई कुनै दिन डाटामा देखाउँला । इभिडेन्स चाहिन्छ त्यस्तो देखाउने बेलामा चाहीँ । इभिडिन्स अलि तगडा चाहिने भएर कलेक्सन गर्दैछौं । यो ठगीलाई हामीले अलमस्ट जीरो बनाएका छौं । मलाई ठूलै काम गरेँजस्तो लाग्छ,’– उनले भने ।
मन्त्री अर्यालले आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि श्रम स्वीकृतिको दैनिक कोटा हटाइएको र २४ सै घण्टा आवेदन दिने व्यवस्था मिलाइएको बताए । दुई सिफ्टबाट (बिहान ७ बजेदेखि राति ९ बजेसम्म) नै कार्यसञ्चालन गर्ने गरिएको उनले बताए ।
वैदेशिक रोजगार कार्यालय ताहाचलमा सेवाग्राही सहजीकरणका लागि हेल्प डेस्क सञ्चालनमा ल्याइएको उनले सुनाए ।